शेयरबजारमा दोहोरो अंकको गिरावट, १२ उपसूचक राताम्य हुँदा फाइनान्स र हाइड्रोपावर सर्वाधिक घट्यो
काठमाडौं । उतारचढावकाबीच मंगलबार नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१ को विन्दुमा पुगेको छ ।
लगानीकर्ता समितिको १९ बुँदे माग सहमतिको कार्यान्वयन हुन नसक्दा पछिल्लो समय पुँजीबजार खस्किँदै गइरहेको छ । अघिल्लो दिन झिनो अंकले शेयरबजार घटेर कारोबार रकम अर्बबाट करोडमा झरेको थियो ।
आज नेप्से सूचक दोहोरो अंकले घटेपनि कारोबार केही हदसम्म माथि उक्लिएको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३२ लाख ९ हजार ९८३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १९ करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य छन् । सर्वाधिक फाइनान्स समूह र हाइड्रोपावर समूहको क्रमशः २.१२ र २.०५ प्रतिशतले घटेको छ ।