सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

२१ भाद्र २०७९, मंगलवार १६:२७

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको हेटौडा शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो।

कम्पनीले हेटौंडा नगरपालिका वडा नं। ५ का मृतक बीमित नवीन कुमार चौलागाई को हकवाला श्रीमति प्रतिभा आचार्यलाई चेक हस्तान्तरण गरेको हो। हेटौडा शाखाका प्रमुख अजय फुँयालले एक कार्यक्रमकाबीच बीमितको परिवारलाई १२ लाख ४४ हजार ७ सय ३१ रुपैयाँ दाबी भुक्तानी गरेको हो।

उक्त चेक हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख फुँयाल सहित मनहरी शाखा बजार प्रमुख अनु लामा श्रेष्ठ, बिनोद मोक्तान ,एजेन्सी म्यानेजर मीन प्रसाद नेपाल लगायतको सहभागिता रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*