बीमा समितिद्धारा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत

२१ भाद्र २०७९, मंगलवार १७:०१

काठमाडौं । बीमा समितिले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ। समितिले एशियन लाइफले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बाँकिको समेत स्वीकृतीको तयारी भईरहेको उनले बताए ।

बीमा समितिले कम्पनीको वित्तिय विवरण स्वीकृती दिएसँगै लाभांश वितरण गर्न बाटो खुल्ला भएको छ।समितिले वित्तीय विवरण स्वीकृत गरेपछि मात्रै कम्पनीहरूले साधारण सभा गर्न पाउँछन् ।तर, अडिट भएको वित्तीय विवरण आर्थिक वर्ष सकिएको १० महिनाभित्र पेश गर्नुपर्ने भन्ने व्यवस्था समितिको छ । अर्थात् कम्पनीहरुले वैशाख महिनासम्म पेश गरिसक्नुपर्ने छ ।

समितिले १० महिनाभित्रमा वार्षिक साधरणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था गरिदिएको छ । बीमा ऐन, २०४९ को दफा २५ बमोजिम यस्तो निर्देशन दिएको समितिले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*