सनराइज फर्स्ट म्युचुअल फण्डद्धारा लाभांश वितरणका लागि बुकक्लोजको मिति तय
२२ भाद्र २०७९, बुधबार १०:१८

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ ।
फण्डले गत आर्थिक वर्षको लागि योजनाको इकाईधनीहरलाई कर सहित १२ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।
सोही प्रयोजनार्थ फण्डले भदौ २९ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ । यसर्थ भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।