एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

२२ भाद्र २०७९, बुधबार १०:४२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्पmको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय मैतीदेवि, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट कुनै पनि निवेदन प्राप्त नभएको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*