३२५ रुपैयाँमै नेपाल इन्स्योरेन्सको शेयर खरिद गर्ने आज अन्तिम मौका

२२ भाद्र २०७९, बुधबार १०:५०

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ८ गतेदेखि २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकोमा आजसम्म मात्रै बोलपत्र पेश गर्न सकिनेछ ।

कम्पनीले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३२५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३२५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा कम्पनीकै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*