सन नेपाल लाइफद्धारा बीमा दाबी भुक्तानी

२२ भाद्र २०७९, बुधबार ११:५२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दकम शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

गत असार १५ गते मोटरसाईकल दुर्घटनामा मृत्यु भएका दमक ९ निवासी दिपक नेपालको परिवारलाई कम्पनीले बीमा दाबी वापतको रकम प्रदान गरेको हो । बीमित नेपालको मृत्युपछि कम्पनीले किरिया खर्च वापत ५० हजार र बिमाङकको २ प्रतिशत रकम हस्तान्तरण गरेको हो ।

नेपालले छोरी दक्षता नेपालको नाममा ५ लाख रुपैँया बराबरको बाल समृद्धी जीवन बीमाको पोलिसी खरिद गरेका थिए । उक्त पोलिसीअनुसार बीमितको अभिभावक मृत्यु भएको खण्डमा बालबालिकाले बीमा गरिएको रकम बराबरको २ प्रतिशत प्रत्येक महिना पाउने प्रावधान छ ।

सोहि बमोजीम मृतक नेपालकी छोरीले ५ लाख को दुई प्रतिशतका दरले दुइ महिनाको रकम २० हजार प्राप्त गरेकी छिन् । छोरीको आफ्नै खाता नभएका कारण बीमितको संरक्षक आमा जुना कोइराला(नेपाल)को नाममा रकम भुक्तानी गरिएको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका दमक शाखा प्रबन्धक ज्योती भट्टराईले जानकारी दिए ।

नेपालको परिवारलाई मंगलबार कम्पनीको कार्यालयमा छोटो कार्यक्रमको आयोजना गरी काज किरिया वापतको ५० हजार र बिमाङ्क २ प्रतिशतबाट हुन आउने १० हजारका दरले दुई महिनाको २० हजार गरि कुल ७० हजार रुपैँयाको चेक हस्तान्तरण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*