यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२२ भाद्र २०७९, बुधबार १५:०५

काठमाडौं । साताको चौाथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन २१ अंकले घटेको नेप्से सूचक आज ११.९७ अंकले घटेर १९३९ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से सूचक घटेसँगै आज कारोबार रकम समेत अर्बबाट करोडमा झरेको छ । आज शेयरबजारमा जम्मा ८२ करोड रुपैयाँको मात्रै कारोबाार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको ५ करोड १५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख, रिडी हाइड्रोपावरको ३ करोड ४ लाख, नेष्डो समृद्ध लघुवित्तको २ करोड ६५ लाख रुपैयाँ नबिल बैंकको २ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।