११ अंकले घट्यो नेप्से सूचक, कारोबार अर्बबाट करोडमा झर्यो
काठमाडौं । उतारचढावकाबीच शेयरबजारमा आज ११.९७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो क्रममा छ । ५३ लाख लगानीकर्ताको १९ बुँदे मागको सहमतिको कार्यान्वयन हुन नसक्दा पुँजीबजार खस्किदो अवस्थामा पुगेको छ ।
अघिल्लो दिन २१ अंकले घटेको शेयरबजारमा एक अर्बको कारोबार भएको थिायो । तुलनतात्मक रुपमा आज ११ अंकले मात्रै नेप्से घटेपनि कारोबार अर्बबाट करोडमा झरेको छ ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ४३ करोड ७६९ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँको कारोबार भएको छ ।
नेप्से सूचक शुन्य दशमलव ६१ प्रतिशतले घटेर १९३९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से इन्डेक्स घटेसँगै आज १३ उपसूचक मध्ये म्युचुअल फण्ड सूचक बाहेकका सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक व्यापार समूहको २.४३ प्रतिशतले घट्न पुगेको छ भने म्युचुअल फण्ड समूह ०.७८ प्रतिशतले बढेको छ ।