एनआईसी एशिया क्यापिटलले “एक्सप्रेस डिम्याट सेवा” संचालनमा

२३ भाद्र २०७९, बिहीबार ०६:३०

काठमाडौं । एनआईसी एशिया क्यापिटलले “एक्सप्रेस डिम्याट सेवा” संचालनमा ल्याएको छ । अब ग्राहकको घर अथवा अफिसमा नै पुगेर क्यापिटलका कर्मचारीहरुले स्वयंम उपस्थित भएर निःशुल्क डिम्याट खाता खोलिदिने उक्त व्यवस्था ल्याएको कम्पनीले जनाएको छ।

एनआईसी एशिया क्यापिटलले विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता“ अभियान संचालन गरी सहज रुपमा डिम्याट खाताको पहुँच सेवाग्राही माँझ पुर्याउन लागिरहेको छ । हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि व्यक्ति नै सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको थियो । उक्त व्यवस्थाले गर्दा अहिलेको व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट खाता खोल्न नसक्ने व्यक्तिहरुलाई सहज रुपमा डिम्याट खाता खोलिदिने मुख्य उद्देश्यका साथ उक्त सेवा संचालन गरिएको हो।

अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घर अफिसमा नै पुगि छोटो समयमा डिम्याट खाता उपलब्ध गराई डिम्याट खाता तथा मेरो शेयर खाता संचालन सम्बन्धमा आवश्यक जानकारी उपलब्ध गराईने हुँदा सेवाग्राहीहरुले सहज र झनझट रहित रुपमा डिम्याट तथा मेरो शेयर खाता प्राप्त गर्न सक्ने क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया एक्सप्रेस डिम्याट सेवा अन्तर्गत क्यापिटलका कर्मचारीहरु स्वयम उपस्थित भई डिम्याट खाता खोलिदिने तथा शेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था मिलाईएको छ ।

उक्त सेवा प्राप्त गर्नको लागि क्यापिटलको ईमेल ठेगानामा अनुरोध पठाउन वा क्यापिटलको मोवाईल नं। ९८५११२२९९४ मा सोझै कलरवा मिसकल गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*