ङादी ग्रुप पावरको हकप्रद शेयरको बाँडफाँड सम्पन्न

२३ भाद्र २०७९, बिहीबार ११:३४

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म निष्कासन गरेको शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले भदौ २२ गते १५० प्रतिशत हकप्रद शेयरको बाँडफाँड गरेको जनाएको हो । उक्त अवधि भित्र आवेदन दिएका शेयरधनीहरुमा ९३ लाख ४६ हजार ६९६ कित्ता शेयर बाँडफाँड गरिएको हो ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन हुदाँ विक्री नभएको १२ लाख ५७ हजार २९० कित्ता शेयर लिलामी मार्फत विक्री गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*