चुक्तापुँजी बढाउँदै धितोपत्र बोर्डले पठाएको संशोधित नियमावली पारित, नयाँ व्यवस्थामा कति छ चुक्ता पुँजि ?

२३ भाद्र २०७९, बिहीबार १२:५८

काठमाडौं । चुक्तापुँजी बढाउँदै नेपाल धितोपत्र बोर्डले पठाएको संशोधित नियमावली पारित गरेको छ । बोर्डले नयाँ ब्रोकर लाइन्सेन्स वितरणका लागि धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ मा संशोधन गर्दै प्रस्ताव गरेको चुक्तापुँजी सरकारले घटाएको छ। सरकारले चुक्तापुँजी बढाउँदै बोर्डले पठाएको संशोधित नियमावली पारित गरेको हो।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बोर्डले गरेको नियमावलीमा संशोधनलाई परिमार्जन गर्दै स्वीकृत गरेको हो। सरकारले संशोधित नियमावली स्वीकृत गरेसँगै नयाँ ब्रोकर लाइन्सेन्स दिने बाटो पनि खुला भएको छ। सोही बैठकले नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउन सेबोनले संशोधन गरेको नियमावली पनि स्वीकृत गरेको थियो।

बोर्डले तीन तहको ब्रोकर लाइसेन्स वितरण गर्ने संशोधन नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थ मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको थियो। उनको असहमतिपछि चुक्तापुँजीको रकम घटाइएको अर्थ स्रोत बताउँछ।

सरकारबाट स्वीकृति संशोधित नियमावलीअनुसार अब सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी १५ करोड रुपैयाँ कायम गरिएको छ।
पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ कायम गरिएको छ।
बोर्डको संचालक समितिबाट स्वीकृत भएको तीन प्रकारका ब्रोकरको चुक्तापुँजी क्रमशः २० करोड रुपैयाँ, ६० करोड रुपैयाँ र डेढ अर्ब रुपैयाँ प्रस्ताव गरिएको थियो। उक्त प्रस्तावलाई घटाउदै अर्थमन्त्रालयले नयाँ चुक्ता पुँजिको व्यवस्था राखेर पारित गरेको छ।
अब स्टक एक्सचेन्जले नियमावली लागू भएको पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिएर आवेदन माग हुनेछ । त्यसपछि प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र इच्छुक कम्पनी वा संगठित संस्थाले सिफारिसका लागि एक्सचेन्जमा आवेदन दिन पाउनेछन् ।

संशोधित नियमावलीमा हरेक वर्ष ब्रोकर लाइसेन्स नवीकरण गर्नुपर्नेछ। यसका लागि ब्रोकरले ५ लाख रुपैयाँ शुल्क डिलर लाइसेन्सबापत लिनेछ। नयाँ व्यवस्थाअनुसार नयाँ लाइसेन्स निवेदन दस्तुतबापत धितोपत्र व्यवसायीले २ लाख रुपैयाँ, पूर्ण कार्य गर्ने ब्रोकरले १ लाख रुपैयाँ र सामान्य धितोपत्र दलाल सेवा प्रवाह गर्ने ब्रोकरले ५० हजार रुपैयाँ शुल्क बढाउनुपर्नेछ। हरेक वर्ष लाइसेन्स नवीकरण गर्नुपर्नेछ। त्यसका लागि धितोपत्र व्यवसायीले ५ लाख रुपैयाँ र अन्य दुई थरीका ब्रोकरले त्रमशः ३ लाख रुपैयाँ र १ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ।

नयाँ व्यवस्थाअनुसार ब्रोकर लाइसेन्सको दस्तुर बढेको छ। सबैभन्दा महँगो धितोपत्र व्यापारी लाइसेन्सको १ करोड रुपैयाँ छ। अन्य दुई ब्रोकरको दस्तुर क्रमशः ५० लाख र २५ लाख निर्धारण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*