चुनावको मुखमा नयाँ स्टक एक्सचेन्ज संचालन ल्याउने बाटो खुला, संशोधित नियमावली अनुसार नयाँ स्टक अनुमति दिने बोर्डको तयारी
काठमाडौं । चुनावको मुखमा सरकारले नयाँ स्टक एक्सचेन्ज संचालन ल्याउने बाटो खुला गरिदिएको छ। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल धितोपत्र बोर्ड ले संशोधन गरी पठाएको धितोपत्र सञ्चालन नियमावली, २०६४को मस्यौदा स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आउने बाटो खुल्ला भएको हो ।
बोर्डले अब संशोधित नियमावलीअनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालनका अनुमति दिने प्रक्रिया अगाडि बढाउनेछ।मन्त्रिपरिषदबाट संशोधित नियमावली स्वीकृत भएको जानकारी प्राप्त भएको छ तर त्यसको माइन्युट बोर्डमा आइपुगेको छैन’, ‘सायद मन्त्रिपरिषद्को स्वीकृति सहितको माइन्युज आज आउँछ कि। त्यसपछि सेबोनले आवश्यक प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको बोर्डले जनाएको छ।
संशोधित नियमावलीअनुसार अब सञ्चालनमा आउने नयाँ स्टक एक्सचेन्जको चुक्तापुँजी ३ अर्ब रुपैयाँ हुनुपर्नेछ। यसअघिको व्यवस्थाअनुसार चुक्तापुँजी ५ करोड रुपैयाँ मात्र छ।
त्यस्तै धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ मा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र लगानी गर्न सकिने व्यवस्था उल्लेख गरिएको थियो। तर, संशोधित नियमावलीमा पब्लिक वा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।