हिमालयन एभरेष्ट इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, बिहिबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
२३ भाद्र २०७९, बिहीबार १५:०७

काठमाडौं । बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज २.१३ अंकले घटेर १९३७ विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजार ओरालो लागेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । बिहिबारको शेयरबजारमा एक अर्बको मात्रै कारोबार भएको छ । सो रकम बराबरको कारोबार भएको शेयरबजारमा आज सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर खरिद बिक्री भएको छ ।
कम्पनीको आज एकैदिन १३ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, रिडी हाइड्रोपावरको ४ करोड ४४ लाख, नबिल बैंकको ३ करोड ३५ लाख, प्राइम बैंकको २ करोड ९३ लाख र एशियन लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ।