लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा

२४ भाद्र २०७९, शुक्रबार १०:०६

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत असार २९ गते सम्पन्न भएको १७आौं वार्षिक सााधारण सभाबाट पारित भएको ९.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

असार १४ गतेसम्म शेयर अभाौतिकीकरण गराएका कम्पनीका शेयरनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको हो । साथै सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*