जीवन बीमा के हो ? बीमा गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?

२५ भाद्र २०७९, शनिबार १७:३३

काठमाडौं । जीवन बीमा किन गर्ने र बीमा गर्दा के फाइदा हुन्छ भन्ने खालका प्रश्नहरु अझैपनि नेपाली समाजमा भेटिने गर्छ । जीवन बीमा जुवा जस्तै हो भन्ने खालका नकारात्मक धारणाहरु अझैपनि देखिन सकिन्छ । तर पछिल्लो समय जीवन बीमाको बारेमा जनचेतना अभिबृद्धि भएसँगै जीवन बीमा गर्ने तथा बीमितहरुको संख्या थपिँदै गइरहेको छ ।

बीमा किन गर्ने र यसले भविष्यमा के फाइदा गर्छ भन्ने तथ्य बुझेर पछिल्लो समय बीमितहरुको संख्या थपिँदै गइरहेको छ । झनै केही समययता त विभिन्न अवसरहरुमा उपहारस्वरुव भौतिक वस्तु भन्दा जीवन बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड नै चलेको छ ।

बीमितहरुको बीमा गरी भविष्यमा हुन सक्ने जोखिम न्युनियकरणका लागि संचालित बीमा कम्पनीहरु नेपालको बीमा ऐन तथा कम्पनी ऐनअनुसार स्थापित हुन्छन् । र ति कम्पनीहरुलाई सरकारको स्वायत्त नियमनकारी निकाय बीमा समितिले नियमन, अनुगमन र नियन्त्रण गर्ने गर्दछ । नियमनकारी निकाय हुँदाहुँदै लाखौं बीमितको पैसा खाएर भाग्ने चान्स हुँदैन । बीमा समितिबाट स्वीकृत प्राप्त गरी संचालनमा रहेका बीमा कम्पनीहरु भरपर्दो र विश्वासिला हुन्छन् । बीमा कम्पनीहरु आफैंले पनि नेपाल पुनर्बीमा कम्पनीमा पुनः बीमा गरेका हुन्छन् । यसबावजुत पनि बीमासम्बन्धी नकारात्मक धारणा नआएका होइनन् । बीमालाई केही सीमित ब्यक्तिहरुले अझैपनि जुवाको रुपमा बुझ्ने गर्छन् ।

बीमा कम्पनी र बीमा गर्ने व्यक्तिबीच भएको एउटा कानूनी करार नै बीमा गर्नु हो । बीमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दीका रुपमा पटकपटक निश्चित बीमाशुल्क बुझाएवापत बीमकले निजको मृत्यु भएमा निजको परिवारलाई वा बीमा अवधि सकिएपश्चात बीमित स्वयंलाई नै कुनै निश्चित रकम दिने सम्झौता भएको हुन्छ ।

बीमा ऐन २०४९ अनुसार जीवन बीमा ब्यवसाय भन्नाले कुनै पनि व्यक्तिको जीवन सम्बन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएमा निजको हकवालाले कुनै खास रकम पाउने गरी करारसम्बन्धी व्यवसाय बुझ्नुपर्दछ ।

मानिसको जिबनमा धेरै जोखिमहरू हुन्छन । सबैभन्दा ठुलो जोखिम मृत्यु हो । रोगब्याधी, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कारणबाट मानिसको अकाल मृत्यु हुनसक्छ । यसरी परिवारको सदस्य नरहदा उक्त परिवारलाई आर्थिक समस्या पर्न सक्दछ । बीमा चालु रहेको अवस्थामा बीमा अवधिभित्र बीमा गर्ने मानिसको मृत्यु भएको खण्डमा बीमा कम्पनीले उसको इच्छाइएको ब्याक्तिलाई बीमांक रकम र बोनस प्रदान गर्दछ । बीमा गर्ने ब्याक्ति बीमा अबधिसम्म जिवित रहेको खण्डमा उ स्वयमले बीमांक रकम र बीमा अवधिको बोनस रकम प्राप्त गर्दछ ।

तर जीवन बीमा गर्नुभन्दा अघि बीमितहरुले विभिन्न कुरामा ध्यान दिनु आवश्यक हुन्छ । बीमा पोलिसीको प्रकार, अवधि, जोखिम, बचत, बोनस जस्ता कुराहरुमा ध्यान दिएर मात्रै जीवन बीमा गर्न जरुरी हुन्छ । यसै बारेमा जीवन बीमा गनु अघि बीमितले के–के कुरामा ध्यान दिनुपर्छ भनि तल उल्लेख गरिएको छ ।

बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु : 
१) बचत गर्ने क्षमता
सर्वप्रथम बीमा गर्दा आगामी बर्षहरुमा पनि बीमा शूल्क तिर्न सकिन्छ वा सकिदैन भन्ने बारेमा ध्यान पुर्याउनुपर्दछ ।

२) आवश्यकता को समाधान
के कति आवश्यकताले बीमा गर्न खोज्नुभएको हो र बीमा गरेपछि उक्त उदेश्य पूरा हुन्छ वा हुदैन विश्लेषण गरी सो बारेमा सपष्ट हुनुपर्दछ।

३) प्रोफेशनल अभिकर्ता
जीवन बीमा अर्भिकर्ता कत्तिको उचयाभककष्यलब िहो? बीमा समितिबाट आधिकारीक रुपमा इजाजत प्राप्त हो या होइन? उसको अभिकर्ता लाइसेन्स खारेज त छैन सो हेरेर मात्र निजलाई विश्वास गनुपर्दछ ।

४) जोखिम व्यवस्थापन
जुन जोखिम व्यवस्थापन का लागि बीमा गराउदै हुनुहुन्छ वा जुन जोखिम सबैभन्दा बढी सम्भाव्य छ, बीमा पश्चात् सो जोखीम सरक्षंण हुन्छ वा हुदैन सोको बारेमा जानकारी हुनुपर्दछ ।

५) बीमा जानकारी प्रसारण
जीवन बीमा गरीसके पश्चात् घरको परिवारलाई समेत जानकारी दिनुपर्छ । कम्तीमा आफूले ईच्छाइएको व्यक्तिलाई भए पनी जानकारी दिनुपर्दछ ।

६) बीमाका शर्तहरु
बीमा गर्नुभन्दा पहिले र गरिसकेपछि बीमालेखमा उल्लिखित सम्पूर्ण विवरण सर्त, सुविधा र अन्य प्राबधान होसियार पूर्वक पढ्नुपर्दछ ।

७) रकम बुझाउदा शतर्कता
सकभर चेक मार्फत बीमा शूल्क भुक्तानी गर्ने, शूल्क भुक्तानी गरिसकेपछि अनिवार्य रुपमा नगद ।चेक बुझाएको भर्पाइ/रसिद लिएर सुरक्षित राख्नुपर्दछ ।

८) जागरुकता
जीवन बीमा गरे पस्चात नवीकरणको मिति ख्याल गरी सो समयमा नवीकरणको लागि बीमा शूल्क समयमै भुक्तानी गनुपर्छ, कम्तीमा ग्रेस को ३० दिनभित्र ।

९) सत्य तथ्य बिवरण
आफ्नो स्वास्थ्य संग सम्वन्धित जानकारी बीमा गर्दा न लुकाई बीमाको विषयवस्तुसँग आवश्यक हुने तथ्यहरु सपष्ट रुपमा खुलाउनुपर्दछ ।

१०) शतर्कता
जीवन बीमा सम्बन्धि सम्पूर्ण कागजातहरु सुरक्षित साथ राख्नुपर्दछ । किनकि बिमालेख हराएमा, च्यातिएमा वा जेलमा पत्रिका मा ३५ दिने बिमालेख हराएको सुचना प्रकाशित गरेर मात्र फेरी प्रतिलिपि बिमालेख लिन सकिन्छ।

११) सुनिश्चितता
आधिकारिक दर्तावाला जुनसुकै कम्पनिमा बिमा गरेपनी आफ्नो रकम हराउदैन।नियम ।सम्झौता अनुसार बिमाको सुबिधा पाइन्छ ।
तर‘

१२) जिम्मेवारी बोध
बीमा बाट राम्रो सेवा र लाभ लिन बीमा गर्दा तपाईँ ले गरेको बिमा अबधिमा कम प्रिमियम तथा सर्वाधिक बोनस दर भएको, राम्रो सम्मान तथा प्रतिष्ठा भएको, सबैभन्दा छिटो दावी भुक्तानी गर्ने, अन्तर्राष्ट्रिय मापदण्ड को स्थापित कम्पनी रोजेर गर्न सकियो भने पछि गएर राम्रो सेवा सरल र सहज रुपमा पाउनुको साथै धेरै रकम पनि हात पार्न सकिन्छ । ३तसर्थ आजै अनिवार्य बचत र सुरक्षा सङै भबिस्यको लगानीको लागि राम्रो कम्पनी रोजेर बिमा गरौं ..ढिला नगरौ!!!

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*