बरुण हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । भदौ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको हकप्रद शेयरमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको हो।
हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रदमा आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।
हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।