ङादी ग्रुप पावरले अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा सम्पूर्ण कित्ता शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त नबिकेको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारण समूहतर्फको १२ लाख ५७ हजार २९० कित्ता शेयर लिलाम बिक्री गर्ने भएको छ । सो शेयर खरिदका लागि असोज २ गतेदेखि १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
लगानीकर्ताले शेयर खरिदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा १० अंकले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । शेयरको न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलकबोल पेश गर्नु पर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल र सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट बोलपत्र आवेदन दिन सक्नेछन् ।