श्रीजनशील लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुने, कतिको हात खाली ?

२६ भाद्र २०७९, आईतवार १२:०९

काठमाडौं । श्रीजनशील लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुँदैछ । लघुवित्तको बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा सोमबार (भदौ २७ गते) बिहान सवा ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

कम्पनीको आइपीओमा ३६ हजार ८५९ जनाले मात्र यसको सेयर हात पार्नेछन् । यसमा मागभन्दा ५६.८७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
यो आइपीओमा १९ लाख ५ हजार १८६ जनाले कुल २ करोड ९ लाख ६४ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले भदौ १५ गतेदेखि कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले श्रृजनशील लघुवित्तलाई ‘केयर एनपी इस्यूअर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*