बीमा समितिद्धारा मेट लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत

२६ भाद्र २०७९, आईतवार १२:३३

काठमाडौं । बीमा समितिले मेट लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ। समितिले मेट लाइफले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बाँकिको समेत स्वीकृतिको तयारी भईरहेको उनले बताए ।

बीमा समितिले कम्पनीको वित्तिय विवरण स्वीकृती दिएसँगै लाभांश वितरण गर्न बाटो खुल्ला भएको छ। तर, अडिट भएको वित्तीय विवरण आर्थिक वर्ष सकिएको १० महिनाभित्र पेश गर्नुपर्ने भन्ने व्यवस्था समितिको छ । अर्थात् कम्पनीहरुले वैशाख महिनासम्म पेश गरिसक्नुपर्ने छ ।

समितिले १० महिनाभित्रमा वार्षिक साधरणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था गरिदिएको छ । बीमा ऐन, २०४९ को दफा २५ बमोजिम यस्तो निर्देशन दिएको समितिले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*