शेयरबजारमा जम्मा ७४ करोड रुपैयाँको मात्रै कारोबार, लगानीकर्तामा उत्साह घट्दा शेयरबजार बन्यो प्रभावित

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ११ अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ११ अंकले घटेर १९२६ को विन्दुमा कायम हुन पुगेको छ ।
पछिल्लो समय शेयरबजारमा उतारचढाव देखिएको छ । लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा पुँजीबजारको अवस्था खस्किँदै गइरहेको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज अन्य सूचकबाहेकका सबै सूचक राताम्य छन् ।
अन्य सूचक आज ०.२९ प्रतिशतले बढेको छ भने सर्वाधिक हाइड्रोपावर सूचक १.५५ प्रतिशतले घटेको छ । १२ उपसूचक राताम्य हुँदा आज कारोबार रकम समेत अर्बबाट करोडमा उर्लिको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता शेयर किनबेच हुँदा ७४करोड ७२ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ ।
गत वर्षको भदौ महिनामा २१ अर्बसम्मको कारोबार भएको शेयरबजारमा आज कारोबार जम्मा ७४ करोडमा सीमित हुन पुगेको छ । आजको मार्केट डेप्थको कारोबार एक वर्षको अन्तरालै सर्वाधिक कम हो ।