दुई दिन लगातार घटेको शेयर बजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२७ भाद्र २०७९, सोमबार १५:०६

काठमाडौं । लगातार दुई दिन घटेको शेयर बजारमा ३६ कम्पनीको शेयरमा सुधार देखिएको छ । आज बोर्टलर्स नेपालको शेयर र सनराईज डिभेञ्चरका ईकाईधनीले सबैभन्दा धेरै कमाएका छन् । दुबै कम्पनीका लगानीकर्ताले हिजोको तुलनामा दुई प्रतिशत बढी कमाएका छन् ।
त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, आर्दश लघुवित्त र एनएमबि हाईब्रिड फण्ड, मिर्मिरे लघुवित्त, विशाल बजार, एक्सल डेभलपमेन्ट र सोल्टि होटलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।