नयाँ स्टक एक्सचेन्जमा व्यक्तिगत शेयर लिन नपाइने, प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्रै शेयर हाल्न पाउने

२८ भाद्र २०७९, मंगलवार ०७:१३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको धितोपत्र बजार नियमावली २०७९ मा नयाँ स्टक एक्सचेन्ज व्यवसाय सञ्चालन गर्न व्यक्तिले शेयर लिन नपाउने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्था अनुसार कानुनी रुपमा संस्थापित प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्रै शेयर लगानी गर्न पाउनेछन् । नयाँ व्यवस्था अनुसार कुनै पनि शेयर लगानीकर्ताको सीमा १५ प्रतिशत तोकिएको छ ।

बोर्डले धितोपत्र बजार नियमावलीको नियम नं १२ संशोधन गर्दै प्राईभेट कम्पनी वा संगठित संस्थाले मात्रै शेयर लिन पाउने व्यवस्था गरिएको हो ।
भुल सुधारः यसअघि प्राईभेट कम्पनीले नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न पाउने समाचार भुलसुधार गरिएको छ । –सं.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*