हिमालयन रि इन्स्योेरेन्स कम्पनीको खुद मुनाफा साढे २७ करोडमाथि, ३ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी

२८ भाद्र २०७९, मंगलवार ११:५०

काठमाडौं । हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा आइपुग्दा कम्पनीले २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

असार मसान्तसम्मा कम्पनीले ७७ करोड १७ लाख ९५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार हाल कम्पनीप्को बीमा कोषमा १४ करोड ८१ लाख २० हजार रुपैयाँ छ ।

त्यस्तै, चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ५१ लाख ८९ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ५ अर्ब २४ करोड ५४ लाख रुपैयाँ रहेको छ । अल्पकालिन लगानी तथा कर्जा भने २ अर्ब ३० करोड ८४ लाख रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीले ३ करोड ३७ लाख ३९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*