लाभांश पारितका लागि नेपाल पुनर्बीमा कम्पनीको कहिले बस्दैछ साधारण सभा ?

२८ भाद्र २०७९, मंगलवार १४:४२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश प्रस्ताव पारितका लागि यहि भदौ ३० गते बिहिबार सातौं वार्षिक साधारण सभा बस्ने भएको छ ।

कम्पनीको भदौ ९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को सातौं वार्षिक साधारण सभा भदौ ३० गते बस्ने निर्णय गरेको हो । संचालक समितिको बैठकको निणर्यअनुसार सभा कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै उक्त सभाले कम्पनीको चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

यसका अलावा आर्थिक वर्ष २०७८।०७९ को लागि बाह्य लेखापरिक्षकमा टि.आर उपाध्या एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, बानेश्यव, काठमाडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारढा गर्ने, संचालक समितिबाट भएको स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

साथै संचालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई समेत सभाले अनुमोदन गर्नेछ । त्यस्ते, प्रस्तावित संशोधनमा नेपाल सरकार, वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि यहि भदौ १९ गते बुकक्लोजको मिति तय गरेको छ । यसर्थ भदौ १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*