शेयरबजारमा हरियाली छाउँदा नबिल बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२८ भाद्र २०७९, मंगलवार १५:०५

काठमाडौं । लामो समयपछि आज शेयरबजारमा रौनकता छाएको छ । केही समययता लगातार घटेको नेप्से परिसूचक आज २१.३० अंकले बढेर १९३४ विन्दुमा कायम भएको छ ।

शेयरबजार बढेसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेप्से सूचक दोहोरो अंकले बढ्दा आज ९२ करोडमाथिको कारोबार भएको छ । शेयरबजारमा सुधार देखिएपनि कारोबार भने खासै सन्तोषजनक देखिएको छैन ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नबिल बैंकको ५ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी हाइड्रोपावरको ५ करोड ६३ लाख, हिमायलन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ८४ लाख, अरुण काबेली पावरको ३ करोड ७३ लाख र अपि पावर कम्पनीको २ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*