नेशनल माइक्रोफाइनान्सको १७ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य ७५० रुपैयाँ

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ ।
लघुवित्तले संस्थापक समूहको १७ हजार ९४३ कित्ता शेयर यहि भदौ ३० गतेदेखि लिलामीमा ल्याउन लागेको हो । लघुवित्तले उक्त शेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकेको छ । यसर्थ इच्छुक आवेदकले उक्त शेयरका लागि शिलबन्दी बोलपत्र पेश गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनी, अन्य कुनै ब्यक्ति तथा संस्थाले असोज ५ गतेसम्म के कति कित्ता खरिद गर्न चाहाने हो विवरण खुलाई संस्थाको केन्द्रीय कार्यालय तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौंमा दरखास्त बुझाउन सक्नेछन् ।