प्रतिकित्ता ३९५ रुपैयाँमा आशा लघुवित्तले ५२ हजार कित्ता शेयर बिक्री गर्ने, जो कोहीले आवेदन दिन पाउने

३० भाद्र २०७९, बिहीबार १०:२४

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५१ हजार ९९० कित्ता शेयर यहि असोज ५ गतेदेखि बिक्री गर्ने भएको हो ।

लघुवित्तले उक्त शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकेको छ । यसर्थ इच्छुक संस्थापक शेयरधनी, अन्य ब्यक्ति तथा संस्थाले उक्त शेयर खरिद गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

आवेदकले आवेदन दिदा न्यूनतम ६ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि माग गर्न सक्नेछन् । उक्त शेयरमा असोज १३ गतेसम्म दरखास्त दिन सकिनेछ ।

आवेदककर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी काठमाडौंबाट बोलपत्र फाराम पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*