नेपाल पुनर्बीमा कम्पनीको सातौं बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

३० भाद्र २०७९, बिहीबार १३:५८

काठमाडौं । सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको सातौ बार्षिक साधारणसभा आज सम्पनन् भएको छ । काठमाडौंको बबरमहलस्थित पार्टी प्यालेसमा आयोजित बार्षिक साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको शुन्य दशमलव ६२३२ प्रतिशत नगद (कर प्रयोजनको लागि) र ५ प्रतिशत बोनस प्रस्ताव पारित गरेको हो ।

कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न साधारणसभामा शेयरधनीहरुले कम्पनीमाथि भएको चलखेलको विषयमा कुराहरु उठाएका थिए ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । बोनस शेयर पारित भएसँगै कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँबाट बृद्धि भई १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८।०७९ को लागि बाह्य लेखापरिक्षकमा टि.आर उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, बानेश्वर, काठमाडौंलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिबाट भएको स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरु पारित गरेको छ ।

सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई समेत सभाले अनुमोदन गरेको छ । त्यस्तै, प्रस्तावित संशोधनमा नेपाल सरकार, वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*