बीमक कम्पनीमा नेपाल पुनर्बीमाको बक्यौता बढ्दै, असुल गर्न बीमा समितिको निर्देशन

३० भाद्र २०७९, बिहीबार १२:५७

काठमाडौं । सरकारी लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनीले बीमक कम्पनीसँग असुल गर्नुपर्ने रकम तत्काल असुल गर्न निर्देशन दिएको हो । आज सम्पन्न बार्षिक साधारणसभामा वितरिक बार्षिक प्रतिवेदनमा बीमा समितिका निर्देशक सुशिलदेव सुवेदीले नेपाल पुनर्बीमा कम्पनीको वित्तीय विवरणमा बीमक कम्पनीमा बक्यौता असुल गर्न बाँकी देखिएकोले त्यस्तो बक्यौता रकम असुल गर्न निर्देशन दिएको पत्र समावेश गरिएको छ ।

बीमा समितिले गत साउन १९ गते वित्तीय विवरण स्वीकृतसँगै प्रेषित गरेको पत्रमा नेपाल पुनर्बीमा कम्पनीलाई महाविपत्ति जोखिम व्यवस्थापन सम्बन्धी (क्याट मोडलिङ) मोडालिटी बनाउन निर्देशन दिएको छ ।
त्यस्तै, बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीलाई दावी भुक्तानी प्रक्रिया सरल र प्रभावकारी बनाउन निर्देशन दिएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*