राष्ट्रिय वाणिज्य बैंकले बढाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर
काठमाडौं । सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज एक गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशित गरेको हो ।
उक्त सार्वजनिक ब्याजदर अनुसार बैंकले ब्याजदरमा बृद्धि गरेको छ । नेपाल बैंकर्स संघको बिहिबार बसेको कार्यसमितिको बैठकले बैंकहरुले राष्ट्र बैंकको निर्देशनमा रहेर आफुखुशि ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेबमोजिम वाणिज्य बैंकले ब्यादर बढाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार बैंकले हरेक बचत खातामा न्युनतम ७.(१३ प्रतिशतदेशि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकको मुद्दती योजनाको ब्याज भने न्युनतम १०.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ । साथै बैंकले रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत र रेमिट्यान्त मुद्दती खातामा १३.१३ प्रतिशत ब्याजर निर्धारण गरेको छ ।