मुक्तिनाथ विकास बैंकद्धारा नयाँ ब्याजदर सार्वजनिक, बचतमा अधिकतम १०% र मुद्दतीमा १४% निर्धारण
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।
नेपाल बैंकर्स संघको बिहिबार बसेको कार्यसमितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशनमा रही बैंकहरुले आफुखुुशी ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेसँगै आज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
सार्वजनिक ब्याजदरअनुसार बैंकले बचत खाताअन्तर्गत न्यूनतम ८ प्रतिशत देखि अधिकतम १० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै, बैंकले मुद्दती खाताअन्तर्गत भने न्यूनतम ११ प्रतिशत देखि १४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । पछिल्लो समय बैंकहरुले नयाँ–नयाँ मु्द्दती योजनाहरु ल्याउने क्रममा मुक्तिनाथ विकास बैंकले पनि सुविधायुक्त विभिन्न मुद्दती योजनाहरु ल्याएका छन् ।