प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजनिक, मुद्दती खातामा १४.१३% सम्म ब्याजदर पाइने, अन्य खातामा कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ ब्यादर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर आज प्रकाशन गरेको हो ।
नेपाल बैंकर्स संघको बिहिबार बसेको कार्यसमितिको बैठकअनुसार बैंकहरुले राष्ट्र बैंकको अधिनमा रही आफुखुशी ब्याजदर निर्धारण गर्न पाउने भएसँगै बैंकले साधारण बचत खाता अन्तर्गत अधिकतम १०.१३ प्रतिशत र मुद्दती खाताअन्तर्गत अधिकतम १४.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले बचत खाता अन्तर्गत न्यूनतम ७.१३ प्रतिशत देखि अधिकतम १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै बैंकले मुद्दती योजनाअन्र्तगत भने न्यूनतम १२.१३ प्रतिशतदेखि अधिकतम १४.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै, यता बैंकले प्राइम रेकरिङ डिपोजिटमा १२.१३ प्रतिशत र प्राइम रेकरिङ रेमिट डिपोजिटमा १४.१३ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । साथै रेमिट्यान्स खाता अन्तर्गत बैंकले न्युनतम २.४० प्रतिशतदेखि अधिकतम १२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।