एनसीसी बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचत खातामा १०.१३% र मुद्दती खातामा १५% सम्म ब्याजदर निर्धारण

१ आश्विन २०७९, शनिबार ०८:००

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (असोज १) गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको भदौ ३० गते बसेको कार्यसमितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशमा रही आफुखुशि ब्याजदर निर्धारण गर्न पाउने भएसँगै प्रायजसो बैंकहरुले ब्याजदर बढाएर सार्वजनिक गरेको छ ।

एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार बचत खाताअन्तर्गत न्यूनतम ७.१३ प्रतिशत देखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

साथै बैंकले मुद्दती खाता अन्तर्गत न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, बैंकले कर्जा लगानीतर्फ भने न्यूनतम २ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*