आजदेखि बैंकहरुको नयाँ ब्याजदर लागु, कुन बैंकको ब्याजदर कति ?

काठमाडौं । आजदेखि लागु हुने गरि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर लागु गरेको छ। ब्याजदर सम्बन्धी बैंकहरु ब्याजदर बढाउन स्वतन्त्र भएसँगै अधिकाश बैंकहरुको ब्याजदर परिमार्जन भएको छ। बैंकर्स संघले यसअघिको ब्याजदर सम्बन्धी भद्र सहमति तोडेर राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्मले तलमाथि गर्न पाउने व्यवस्था गरेका छन् ।
यो निर्णयको कारण स्वतन्त्र भएसँगै बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर १२ प्रतिशत, संस्थागत र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको अधिंकाश बैंकहरुले सार्वजनिक गरेको ब्याजदरमा उल्लेख रहेको छ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले असोज महिनाका सार्वजनिक गरेको नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज र संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज रहेको छ ।
बैंकले बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ। बैंकबाट कर्जा लिँदा अधिकतम १६.५४ प्रतिशत ब्याज ग्राहकले तिनुपर्ने हुन्छ ।
प्रभु बैंक
प्रभु बैंकले रेमिट्यान्स मुद्दति निक्षेपमा १५.१३ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ। बैंकले आजदेखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।नयाँ ब्याजदरमा तीन महिना वा सो भन्दा बढीका लागि रेमिट्यान्सको पैसामा मात्रै लागू हुने ‘प्रभु उन्नती मुद्दति निक्षेप’मा १५.१३ प्रतिशत ब्याज दिने भएको छ ।
नयाँ ब्याजदर अनुसार बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज र संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकको बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।
नबिल बैंक
नबिल बैंकले आजदेखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशतसम्म दिने भएको छ।
त्यस्तै, बैंकले व्यक्तिगत निक्षेपमा ११.०३ देखि १२.१३ प्रतिशत ब्याजदर पुर्याएको छ । यता रेमिट्यान्स खातामा भने १३.१३ प्रतिशत पुर्याएको छ । यस्तै संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत र बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।
सानिमा बैंक
सानिमा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकले रेमिट मुद्दतिमा भने १३.५१ र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ ।
बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । साउन मसान्तमा बैंकको आधारदर ९.०२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ब्याज लिनेछ ।
सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले आजदेखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज र संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज दिने भएको छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ ।
बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकबाट कर्जा लिँदा १७.४० प्रतिशतसम्म ब्याज लाग्ने छ ।
मेगा बैंक
मेगा बैंके नयाँ ब्याजदर घोषणा गरेको छ। बैंकले सार्वजनिक गरेको ब्याजदर अन्तर्गत आजदेखि लागु हुने गरि व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ ।
बैंकबाट कर्जा लिँदा १७.१९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
प्राइम बैंक
प्राइम बैंकले बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने र संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ ।
बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले आजदेखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ।
त्यस्तै, बैंकले रेमिट्यान्स मुद्दति निक्षेप राख्दा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको ब्याजदर सार्वजनिक गरेकोछ ।
यस व्यवस्था अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
त्यस्तै, बचततर्फ ७.१३ देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।बैंकबाट कर्जा लिँदा अधिकतम १५.९२ प्रतिशत ब्याज लाग्ने छ ।
हिमालयन बैंक
हिमालयन बैंकले असोज महिनाका सार्वजनिक गरेको छ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.६३ प्रतिशतसम्म ब्याज प्रादन गर्ने भएको छ ।बैंकले बचत अन्र्तगत ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।
सिभिल बैंक
सिभिल बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
असोजमा व्यत्तिगत मुद्दती निक्षेपमा १०.१३ देखि १२.१३ प्रतिशत ब्याज र संस्थागततर्फ १०.१३ प्रतिशत ब्याज रहेको छ ।
बैंकले अधिकतम १३ प्रतिशतसम्ममा विप्रषण मुद्दति निक्षेपमा ब्याजदर राखेको छ। बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकबाट कर्जा लिँदा १७.७३ प्रतिशत ब्याज तिनुपर्ने हुन्छ।
नेपाल इन्भेष्टमेण्ट बैैंक
नेपाल इन्भेष्टमेण्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकका अनुसार नयाँ व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ।
बैंकले रेमिट मुद्दतिमा १३.१३ र बचतमा ७.१३ प्रतिशत ब्याज दिने भएको छ । बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ऋण लिनेछ ।
एनएमबि बैंक
एनएमबि बैंकले असोज महिनाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ भने १०.१३ प्रतिशत ब्याज निर्धारण गरेको छ ।
बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिनेछ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको नयाँ ब्याजदर अन्तर्गत व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ १०.१३ ब्याजदर निर्धारण भएको छ।
बैंकले बचतमा क्रमशः ७.१३ प्रतिशत देखि ८.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकबाट कर्जा लिँदा १६ प्रतिशसम्म ब्याज तिनुपर्ने हुन्छ ।
एनसीसी बैंक
एनसीसी बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर सार्वजनिक गरेको छ।बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज र संस्थागततर्फ१०.१३ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकबाट कर्जा लिँदा १७.१७ प्रतिशत ब्याज लिने छ ।
स्ट्यान्डर्ड चार्टर्ड
स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोज महिनाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज र संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकबाट कर्जा लिँदा १५.९० प्र्रतिशत ब्याज लाग्ने छ ।
सनराइज बैंक
सनराइज बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज र संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।बैंकबाट कर्जा लिँदा १७.४२ प्र्रतिशत ब्याज लिने नयाँ ब्याजदर सूचीमा राखिएको छ।
कृषि विकास बैंक
कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक भएकोछ । नयाँ ब्याजदर अनुसार कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज र संस्थागत मुद्दतीमा १०.१३ प्रतिशत ब्याज लिने भएको छ ।
बैंकले बचतमा ७.१३ देखि ८.१५ प्रतिशत ब्याज दिने भएको जनाएको छ । बैंकबाट कर्जा लिँदा ग्राकहले १३.९० प्रतिशत ब्याज तिनुपर्ने हुन्छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज र संस्थागत मुद्दतिमा १०.१३ प्रतिशत ब्याज लिने भएको छ।
बैंकले रेमिट मुद्दतिमा १३.१३ ब्याज लिने भएको छ।
बैंकले बचतमा ७.१३ देखि १०.१३ प्रतिशत ब्याज दिने भएको जनाएको छ । बैंकबाट कर्जा लिँदा १२.८६ प्रतिशत ब्याज लिने छ ।
कुमारी बैंक
कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा१२.१३ प्रतिशत ब्याजर संस्थागत मुद्दति निक्षेपमा भने १०.१३ प्रतिशत ब्याज पाइने छ ।
बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशत ब्याज दिने छ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले असोज महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत र संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज दिने भएको छ ।
बैंकले बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।बैंकबाट कर्जा लिँदा १८.०४ प्रतिशत ब्याज लाग्ने छ ।