मेगा बैंक अर्घाखाँची शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम संचालन

१ आश्विन २०७९, शनिबार १३:३२

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाले एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयका विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।जिल्लाका बिभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले शुक्रबार एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक अर्घाखाँची शाखाका प्रबन्धक लक्ष्मण क्षेत्रीले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराउका थिए ।

जिल्लाको छत्रदेब गाउँपालिका स्थित एग्रो फरेष्टी बहुप्राविधिक शिक्षालयका बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।बिद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकोमा फरेष्टी बहुप्राविधिक शिक्षालयका उप प्रधानाध्यापक सरोज भट्टराईले मेगा बैकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेड का कर्मचारी श्रृजन भुसाल , नारायण आचार्य र ईश्वरी प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*