मिर्मिरे लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

२ आश्विन २०७९, आईतवार १०:२०

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीले गत पुष २९ गते सम्पन्न ११औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।

कम्पनीले भदौ ३० गते नेप्सेमा सूचीकृत गराई भदौ ३१ गतेदेखि सम्बन्धित शेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको हो । भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले कम्पनीको शेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस शेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*