नेपाल पुनर्बीमाद्वारा रेट्रोको लागि ब्रोकर कम्पनीको नामावली सार्वजनिक, अधिंकाश भारत छानिए

२ आश्विन २०७९, आईतवार १८:४७

काठमाडौं । नेपाल रिद्वारा रेट्रोको लागि ब्रोकर कम्पनीको नामावली सार्वजनिक गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले सार्वजनिक गरको कम्पनीले आज पुनर्बीमा दलालीको लागी आर्थिक वर्ष २०७९।८० को लागी सूचीकृत कम्पनीहरुको नामावाली सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका १९ मध्ये अधिकांश भारतीय पूनर्बीमा दलाल कम्पनी रहेका छन् ।

नेपाल पूनर्बीमा कम्पनीले आफ्नो जोखिमभारलाई अन्य पूनर्बीमकमा हस्तान्तरण गर्नको लागी नेपाल रि रेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा दलालहरुको नाम सार्वजनिक गरेको हो । कम्पनीले प्राप्त गर्ने व्यवसायको आधारमा दलाल कम्पनीबाट जोखिम बाँडफाँडको सम्झौता गर्ने गर्दछ ।

भारतबाहेक दुबई, मरिसस,बहराईन,इण्डोनेशिया,सिंगापुरको पूनर्बीमा दलाल कम्पनी रहेका छन् ।पुनर्बीमा कम्पनीहरुले ठूलो जोखिमको आर्थिक भार बहनको लागी संयुक्त कोषमार्फत् जोखिम बाँडफाँड गर्ने अवधारणालाई रेट्रोसेशन भनिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*