एनसीसी बैंकले घटाएर पुनः सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले भदौ ३१ गते सार्वजनिक गरेको नयाँ ब्याजदर परिवर्तन गरी पुनः सार्वजनिक गरेको छ ।
बैंकले उक्त दिन सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खाता अन्तर्गतको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले आज पुनः प्रकाशन गरेको ब्याजदरमा उक्त खाताको ब्याजदर घटाएर १२.१३३ प्रतिशत कायम गरेको छ ।
साथै बैंकले बचत खाताअन्तर्गतका खाताहरुको ब्याजदर र अन्य खाताको ब्याजदरहरु भने यथावत् नै राखेको छ । जसमा बचत खाता अन्तर्गत न्यूनतम ७.१३ प्रतिशत देखि अधिकतम १०.१३ प्रतिशत ब्याजर रहेको छ ।
साथै अब परिमार्जनपछि मुद्दती खाताअन्तर्गत न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १२.१३ प्रतिशत ब्याजदर रहेको छ ।