सिदार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
४ आश्विन २०७९, मंगलवार १४:२१

काठमाडौं । सिदार्थ बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गते देखि लागु हुनेगरी ब्याजदर सार्वजनिक गरेको हो ।
बैकले आज सार्वजनिक गरेको ब्याजदर अनुसार बचत खाता अन्र्तगत न्युनतम ७ दशमलब १३ प्रतिशत र अधिकतम ९ दशमलब १३ प्रतिशत लागु गरेको छ ।
त्यस्तै, मुद्धती खाता अन्र्तगत व्यक्तिगत १२ दशमलब १३ प्रतिशत रेमिट्यान्स तर्फमा १३ दशमलब १३ प्रतिशत निर्धारण गरेका हो । बैंकले सिद्धार्थ श्री बृद्धि मुद्दती खातामा न्युनतम १२ दशमलब १३ प्रतिशत र अधिकतम १३ दशमलब १३ प्रतिशत निर्धारण गरेको छ ।