सनराईज बैंकको डिसिईओको बढुवा नियुक्त प्रकृया नपुगेको भन्दै डेढ बर्षपछि राष्ट्र बैंकले सच्चाउन दियो निर्देशन

४ आश्विन २०७९, मंगलवार १८:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले सनराईज बैंकको बढुवा नियुक्त प्रकृयामाथि शंका गर्दै सच्चाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकको डिसिइओ आरती राज्यलक्ष्मी राणाको नियुक्ति प्रक्रियामाथि आंशका गर्दै सच्चाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्णय पश्चात् के गर्न भन्ने बिषयमा अन्तिम निर्णय भने संचालकमा भईनसकेको एक संचालकले बीमापोष्टलाई बताए । बैंकको डिसिईओ पदमा रहेर काम गरेको डेढ बर्षपछि यो निर्देशन आएको हुँदा यस बिषयमा निर्णय गर्न समस्या भएको ती संचालकले बताए ।

राष्ट्र बैंकले उनले नियुक्त प्रकृया कर्मचारी नियामावली अनुसार नभएको भन्दै बैंकमा पत्राचार गरिएको थियो । डिसिईओ राणा हाल बिदामा बसेका छन् । एभरेष्ट बैंकबाट बैकिङ्ग करिअर सुरु गरेकी राणा असोजमा सनराइज बैंकमा प्रवेश गरेकी थिइन् । सो बैंकमा राणा १६ महिनामा नै दुई तह बढुवा भएकी थिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*