सानिमा बैंकको ‘क्यास डिपोजिट मेशिन’ संचालनमा

५ आश्विन २०७९, बुधबार १२:०८

काठमाडौं । सानिमा बैंक लिमिटेडले ग्राहकहरुको सुविधाका लागि ‘क्यास डिपोजिट मेशिन’ सञ्चालनमा ल्याएको छ । उक्त मेशिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा सक्नेछन् । यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

हाल उक्त मेशिनबाट ग्राहकहरुले ५०० रुपैयाँ र १००० रुपैयाँ दरका १ लाख रुपैयाँ भन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ ।

सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*