सन नेपाल लाइफ पाँच वर्ष पुरा गरी छैठौं बर्षमा प्रवेश, जीवन बीमाको दीगो विकास र सरल सेवा दिने प्रतिवद्धता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छैठौं वर्षमा प्रवेश गरेको छ । वि.स २०७४ साल असोज ६ गतेबाट बीमा व्यवसाय सुरु गरेको कम्पनीले पांचौ वर्ष सफलतापूर्वक पार गर्दै छैठौं वर्षमा प्रवेश गरेको हो । कम्पनीले छैठौं औ बार्षिकोत्सको अवसरमा असोज ५ र ६ गते नै विभिन्न शाखा कार्यालय मार्फत विभिन्न क्याम्पसका विधार्थीहरु बीच बीमा जागरण अभियान संचालन गर्नुका साथै स्थापना दिवसको अवसर पारेर रेडक्रससँगको समन्वयमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको हो ।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, कम्पनी ऐन २०६३ अन्तर्गत बीमा समितिबाट जीवन बीमा ब्यवसाय गर्न इजाजत पत्र प्राप्त गरी २०७४ आश्विन ६ मा स्थापना भएको बीमा कम्पनी हो । जीवन बीमा ब्यवसायमा छोटो समयमा अग्रणी बीमा कम्पनीको रुपमा स्थापित कम्पनीको रुपमा परिचय दिन सफल भएको छ ।
आईपीओ निष्कासनको प्रस्ताव कम्पनीको गत साउन २५ गते बसेको वार्षिक साधारण सभाबाट पारित भईसकेको छ । नेपाली समाजको बदलिदो आवश्यकतालाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई वित्तीय सुरक्षाको प्रत्याभूति दिदै नयाँ–नयाँ बीमा योजनाहरु पस्कने लक्ष्य लिएको कम्पनीले देशैभर आफ्नो सञ्जाल विस्तार गर्ने योजना बनाएको छ ।
कम्पनी सन लाइफ सावधिक जीवन बीमा योजना, नबीन आजीवन जीवन बीमा, सार्थक आजीवन जीवन बीमा, भाग्योदय जीवन बीमा, बाल समृद्ध सावधिक जीवन बीमा योजना, धनधान्य अग्रिम भुक्तानी सावधिक जीवन बीमा, सामूहिक म्यादी जीवन बीमा योजना, नबिकरण म्यादी जीवन बीमा योजना, धनलक्ष्मी अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना, नबिकरण म्यादी तथा घातक रोग सुरक्षा, म्यादी लघु जिवन बीमा योजना र सन लाइफ सावधिक सुनौला जीवन बीमा योजना गरी १३ वटा जीवन बीमा योजना बिक्री गरिरहेको छ ।
कम्पनीले देशभर रहेका आफ्ना ३० वटा शाखा कार्यालयमार्फत र १६१ वटा उपशाखाबीमा सेवा प्रदान गरिरहेको छ । नेपाली समाजको बदलिदो आवश्यकतालाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई वित्तीय सुरक्षाको प्रत्याभूति दिदै नयाँ–नयाँ बीमा योजनाहरु पस्कने लक्ष्य लिएको कम्पनीले देशैभर आफ्नो सञ्जाल विस्तार गर्ने योजना बनाएको छ ।
आफ्नो पाँचौ वार्षिकोत्सवका अवसरमा कम्पनीले छोटो समयमा व्यवसायिक उपलब्धि हासिल गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सघाउने सबैलाई धन्यवाद दिदैँ आगामी दिनहरुमा अझै प्रभावकारी किसिमले जीवन बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।