हिमालयन रि इन्स्योरेन्स अर्बौ घोटाला काण्ड अख्तियारको प्राथमिकतामा परेन

लाउडा काण्डका अभियुक्तलाई २४ वर्षपछि मुद्दा, सजिलो छैन हिमालयन रि इन्स्योरेन्स काण्डका अभियुक्तहरुलाई जोगिन
८ आश्विन २०७९, शनिबार २०:००

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक संस्था हिमालयन रि इन्स्योरेन्स कम्पनीले हालै आफ्नो प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ । सो प्रतिवेदन अनुसार गत आवमा कूल १७ हजार १६९ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका थिए । सो मध्येमा झण्डै आधा दर्जन उजुरी हिमालयन रि इन्स्योरेन्स कम्पनीको नाममा भएको घोटाला समावेश थिए । तर, आयोगले हिमालयन रि इन्स्योरेन्स कम्पनीमा भएका घोटाला काण्डहरुलाई प्राथमिकतामा नराख्दा अर्बौ रुपैयाँको सेटिङ र भ्रष्टाचार काण्डमा संलग्नहरु कानुनी दायरामा आउन सकेका छैनन् ।

बीमा समितिमार्फत लाइसेन्स वितरण देखि २०७९ मंसिर ९ गते भएको नेपालमै पुनर्बीमा गर्नुपर्ने निर्णय, २०७९ जेठ ५ गते नेपाल पुनर्बीमा कम्पनीको प्रत्यक्ष बीमा हिस्सा खोस्ने निर्णयसम्म आईपुग्दा हिमालयन रि इन्स्योरेन्स प्रकरणमा पाँच अर्बभन्दा बढि घोटाला भएको छ ।

हिमालयन रि इन्स्योरेन्स कम्पनी दर्ता भई लाइसेन्स पाउनु अघिदेखि नै भ्रष्टाचार घुस सेटिङ भएको भन्दै अख्तियारमा करिब एक दर्जन उजुरी परेका छन् । तर, आजसम्म पनि हिमालयन रि काण्डमा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याउने गरी आयोगले अनुसन्धान गरेको छैन ।

 

भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय आयोगको अध्यक्षमा प्रेम कुमार राई छन् । स्वच्छ छविका भएको विश्वास गरिएका राईले गत साता मात्रै राष्ट्रपति समक्ष १७ हजार १६९ प्रारम्भिक रुपमा फस्र्यौट गराउन सफल भएका थिए । गत आवमा आयोगले विस्तृत अनुसन्धान गरेको ८२३ वटा उजुरी मध्येमा सबैभन्दा ठूलो घोटाला काण्ड मानिएको हिमालयन रि इन्स्योरेन्स परेको छ वा छैन केही बताएको छैन । तर, हिमालयन रि इन्स्योरेन्स घोटाला काण्डमा कुनै पनि अभियुक्तमाथि मुद्दा चलेको तथ्य बाहिर ल्याएको छैन ।

उता, आयोगले हिमालयन रि इन्स्योरेन्सको घोटाला काण्ड कमजोर पार्ने गरी अनुसन्धान गरेको चर्चा आयोगभित्रै चल्न थालेको छ । अर्बौ घोटाला काण्डबारे आयोगको वर्तमान नेतृत्व मौन रहँदै आएपनि २०५५ सालको लाउडा एयर काण्डका अभियुक्त हरिभक्त श्रेष्ठलाई गत साता मात्रै आयोगले मुद्दा दर्ता गरेकोले २०७८ सालमा रचना गरिएको हिमालयन रि इन्स्योरेन्स घोटाला काण्डका मतियारहरु कुनै न कुनै दिन जेल पर्ने निश्चित रहेको चर्चा बीमा क्षेत्रमा चलिरहेको छ ।

बहुदल स्थापनापछिको सबैभन्दा ठूलो र चर्चित घोटाला काण्डको रुपमा लाइडा एयर काण्डलाई लिने गरिन्छ । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पालामा २०५७ सालमा अष्ट्रियाको भियनामा रहेको लाउडा एयर भन्ने जहाज कम्पनीसँग नेपाल एयरलाइन्सले जहाज भाडामा लिँदा भएको घोटाला काण्ड हो लाइडा एयर । उतिबेला देखि नै २१ वर्षमा २०० भन्दा बढि न्यायाधिशको बेन्चमा परेर पनि फैसला हुन सकेको छैन । पछिल्लो पटक २०७९ साउन १९ गते पेशीमा चढेको सो मुद्दा हेर्न नभ्याईने भन्दै पछाडि धकेलिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*