हिमालयन रिइन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा कात्तिक ४ गते, यस्ता छन् एजेण्डा

१४ आश्विन २०७९, शुक्रबार ०९:३१

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले कार्तिक ४ गत दोस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकले बार्षिक साधारणसभाको निर्णय गरेको हो । सभा होटल अलफ्ट ठमेल काठमाडौंमा विहान ११ बजे बोलाइएको छ ।

सभाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७८ /७९ को लेखापरीक्षकको प्रतिवेदन सहित अन्य वित्तिय सूचकको बिषयमा पारित गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/२०८० को लागि लेखापरीक्षकको नियुक्ति निजको पारीश्रमिक तोक्ने एजेण्डा पनि पारीत गर्नेछ । संचालकको पारीश्रमिक र भत्ता तोकिने कम्पनीले जनाएको छ । सभाले संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*