बिदाको समय पारेर अनलाईन जुवाको धन्दा चम्कियो, एनएमबी बैंक शंकाको घेरामा

२२ आश्विन २०७९, शनिबार १९:४०

काठमाडौं । दशैंको समयमा एक साता लामो सार्वजनिक विदाको समय पारेर अनलाईनमा जुवा खेलाउने र अनलाईनमा बिट गराउने गिरोह सक्रिय भएको छ । उक्त कार्यमा एनएमबी बैंकको समेत संलग्नता देखिएको छ । यद्यपि बैंकले भने अनुसन्धानपछि मात्रै केही बताउन सकिने जनाएको छ ।

दशैंको लामो विदा तथा नेपालीहरु दशैं मनाइरहेको समयमा एक्सवानबिट नामक अनलाईन जुवाले दोब्बर बोनस भन्दै सामाजिक सञ्जालमा व्यापक प्रचार प्रसार गरिरहेका छन् । सिरिससुपरमार्काडोस नामक फेसबेक आईडीबाट नेपालमा अबैध मानिएको अनलाईन जुवाको प्रचार भइरहेको छ ।

 

त्यस्तै रेडियो सोम मायोर एफएमको नामबाट प्रचार गरिएको वानएक्सबिटमा नेपाल सरकारको लोगो नै राखेर प्रचार प्रसार भइरहेको छ । त्यस्तै, ट्याव६६ नामक अनलाईन क्यासिनोको प्रबद्र्धन नेपालमा भइरहेको छ । त्यस्तै वेवा नेपालले ज्याकपट अनलाईन जुवा सञ्चालन गर्दै आइरहेको छ ।ढ उक्त कार्यमा अनलाईन भुक्तानी सेवा प्रदायक खल्ती लगायतका सेवा प्रदायकहरु प्रयोग भइरहेको हुनसक्ने देखिएको छ ।

त्यस्तै, मेटा बिटले पनि अनलाईन जुवाको व्यापक प्रर्बद्धन गर्दै आइरहेको छ । उक्त कम्पनीले फेसबुक र इष्टाग्राममार्फत अनलाईन क्यासिनोको प्रबद्र्धन गर्दै आइरहेको छ । उनीहरुले फेसबुक, इष्टाग्राममा प्रबद्र्धन गरी मोबाईलमा गुगल प्लेस्टोरबाट आफ्नो गेमको एप डाउनलोड गर्न लगाएर अनलाईन जुवा खेलाउने गरेको पाइएको छ । त्यसरी जुवा खेल्दा बैंक तथा क्रेडिटकार्ड वा खल्ती वा अन्य यस्तै डिजिटल भुक्तानी सेवा प्रदायकको सहयोगमा उनीहरुले रकम लिने गरेको खुलेको छ ।

बीमापोष्टलाई प्राप्त सूचना अनुसार राजु नाम गरेका व्यक्तिले ९८०४०६२६०८ नम्वरको मोबाईलबाट इसेवामा खाता खोलेर अबैध रुपमा रकम संकलन गरिरहेका छन् । अनलाईन जुवा तथा पेपालमा रकम हालिदिने भन्दै उक्त समुहले सञ्चालन गरेको धन्दामा नेपालका प्रतिष्ठित व्यक्तिहरु समेत रहेको बुझिएको छ ।

उता, अनलाईन जुवा खेलाउन एनएमबी बैंककै लोगो राखेर प्रचार गरिरहेका छन् । रोबर्ट जोन्सन २ नामक अनलाईन जुवा एपले एनएमबी बैंकको लोगो नै राखेर प्रचार गरिरहेको सम्बन्धमा सो बैंकका सूचना अधिकारी सुदेश उपाध्यायले बैंकको लोगो राखिएको बारेमा अनुसन्धान गर्ने बताए पनि ठोस जवाफ दिएनन् । सो सम्बन्धमा सिईओ सुनिल केसीसँग सम्पर्क गर्न खोज्दा जवाफ दिन चाहेनन् । एकातिर अनलाईन जुवामा एनएमबी बैंकको लोगो प्रयोग गरी सामाजिक सञ्जालभरि प्रयोग भइरहनु अर्कोतर्फ बैंकले कुनै जवाफ दिन नचाहनुले घटनालाई थप शंकास्पद बनाएको छ ।

अहिले नियामक निकाय तथा सरकारी निकायहरु बन्द रहेको समयमा अनलाईन जुवाको धन्दा फस्टाउँदै गएको छ । नेपालीहरुले अनलाईन जुवाको प्रर्बद्धन गरेको तथ्य अनलाईन जुवामा लेखिने नेपाली भाषा, नेपाली शब्द तथा विदाको बारेमा पर्याप्त जानकारी लिएर अभियान चलाएको देखिन्छ ।

 

मुलुकबाट ठूलो रकम बाहिर गइरहेको र भुक्तानी सन्तुलन बिग्रदै गएको अवस्थामा नेपाली बैंकहरु नै अनलाईन जुवामा प्रयोग हुनु नियामक निकाय नेपाल राष्ट्र बैंकको कार्यक्षमतामाथि गम्भिर प्रश्न चिन्ह उठाईदिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष अनलाईन जुवाको स्क्रीनसट पठाउँदा समेत कारवाहीका लागि खासै चासो नहुनुमा यस्ता अनलाईन जुवाहरुमा उच्च राजनीतिक नेतृत्वकै संलग्नता छ कि प्रश्न चिन्ह उठेको छ ।

One thought on “बिदाको समय पारेर अनलाईन जुवाको धन्दा चम्कियो, एनएमबी बैंक शंकाको घेरामा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*