वानएक्सबेट लगायतका अनलाईन जुवा खेलाउने एजेन्टमाथि श्रृखलाबद्ध अप्रेसन, खल्ती र इसेवामाथि छानविनमा ढिलाई

१ पुष २०७९, शुक्रबार १०:३६

काठमाडौं । डिजिटल वालेटमार्फत अनलाईन जुवा खेलाउने तथा वानएक्सवेटमार्फत कतारमा जारी फुटबलमा बाजी लगाउने गिरोहहरुमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अप्रेसन चलाएको छ । बीमापोष्टको लगातारको फलोअपपछि नेपाल राष्ट्र बैंक समेतको सिफारिसमा अघि बढाइको अप्रेसनको क्रममा थप एक जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो कमलपोखरीबाट थप एक वानएक्सबेटमा काम गर्ने काठमाडौंको टोखा निवासी सुजन गौली नामक व्यक्तिलाई पक्राउ गरेको छ । गौली पनि मुख्य एजेन्ट नभई सहायक एजेन्ट हुन् । उक्त जुवाधन्दाको मुख्य एजेन्ट को हो भनेर पत्ता लगाउन बाँकी छ ।

प्रहरीका अनुसार वानएक्सबेटले संकलन गरिएको रकमको २५ प्रतिशत कमशिन पाउने गरी एजेन्ट बनाएर काम गराइरहेको खुलेको छ । उनीहरु मध्येका एक जना गौली भएको पुष्टी भएपछि प्रहरीले पक्राउ गरेको हो । गौली हिजो मात्रै इसेवाका एक जना उच्च अधिकारीलाई भेट्न कमल पोखरी आएका थिए । पक्राउ परेका गौलीले प्रारम्भिक अनुसन्धानको लागि इसेवा, आइएमइ पे, खल्तीबाट मात्रै दुई करोड ३६ लाख ३३ हजार १३८ रुपैयाँ रकम संकलन गरी अवैध रुपमा विदेश पठाएको खुलेको छ ।

पक्राउ परेका सुजन गौली

प्रहरीले चलाएको अप्रेसशनको क्रममा हालसम्म खल्ती, इसेवा सहित २६ वटा अन्य डिजिटल वालेट तथा सिटिजन्स बैंकसहित अन्य बैंकिङ प्रणालीमार्फत् कूल सात करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँको कारोबार देखिएको छ ।
गत मंगलबारमात्रै प्रहरीले ललितपुरको सानेपाबाट आदर्श ठाकुर पक्राउ गरेको थियो । त्यस्तै, मंसिर २५ गते भारतीय नागरिक पवन कुमार शर्मा र रुद्र प्रसाद पोखरेललाई पक्राउ गरिसकेको छ । प्रहरीले अनलाईनमा जुवा खेलाउने ठूलो गिरोह सक्रिया भएको आशंकामा खोजी कार्यलाई तीव्र बनाएको छ ।

उता, अनलाईन जुवामा सबैभन्दा धेरै प्रयोग भएको खल्ती र इसेवालगायतका विद्युतीय भुक्तानी सेवा प्रदायकहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रहरीले ढिलाई गरिरहेको छ । पछिल्लो पटक पक्राउ परेको गौलीको इसेवा तथा खल्तीसँग विशेष सम्बन्ध राख्दै आएको व्यक्ति भएको स्रोतको दावी छ । खल्तीका सयौं खाताहरु केवाईसीमा कम्पनीमै कार्यरत कर्मचारीहरुले सहजिकरण गरेको स्रोतको दावी छ ।

 

 

खल्ती, मोरु र सिटिजन्स बैंकको संलग्नतामा अनलाईन जुवाको जालो फैलदै, कतारमा गोल हान्दा नेपालमा करोडौं झ्वाम

 

बिदाको समय पारेर अनलाईन जुवाको धन्दा चम्कियो, एनएमबी बैंक शंकाको घेरामा

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*