निर्जिवन बीमा कम्पनीले चालु आवको भदौ महिनामा संकलन गरे ३ अर्ब ३९ करोड, नेको भन्दा सगरमाथा पछाडि (तथ्याङ्कसहित)

२६ आश्विन २०७९, बुधबार १७:०१

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै ३ अर्ब ३९ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १८ निर्जिवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै झण्डै साढे ३ अर्ब बीमाशुल्क आर्जन गरेका हु्न् ।

सो मध्ये सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीले ३६ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा बीमाशुल्क आर्जनमा फड्को मार्दै ३६ करोड भन्दा माथि बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै, बीमा ब्यवसायमा उल्लेख्य प्रगति गर्दै शिखर इन्स्योरेन्सले पनि भदौ महिनामा ३१ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । साथै नेको इन्स्योरेन्सले पनि भदौ महिनामा २६ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेकोलाई पच्छ्याउँदै सगरमाथा इन्स्योरेन्सले पनि भदौ महिनामा २६ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले २३ करोड ५७ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २३ करोड १० लाख, एनएलजीले २० करोड २१ लाख, प्रिमियरले १९ करोड ८८ लाख, प्रभुले १९ करोड ५१ लाख, अजोडले १५ करोड १६ लाख, नेपाल इ्रन्स्योरेन्सले १४ करोड ८८ लाख, लुम्बिनी जनरलले १३ करोड ३७ लाख, आइएमई जनरलले १२ करोड ५० लाख, दि ओरियन्टलले ११ करोड ८५ लाख, प्रुडेन्सियलले ११ करोड ७८ लाख, युनाइटेडले ९ करोड ७२ लाख, नेशनल इन्स्योरेन्सले ८ करोड ५० लाख, सानिमा जनरलले ८ करोड २५ लाख र जनरल इन्स्योरेन्सले ६ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*