बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण गर्न म्याद पाँच दिन मात्रै बाँकी

२६ आश्विन २०७९, बुधबार १७:२४

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरको नविकरण गर्ने समय अब पाँच दिन मात्रै बाँकि रहेको छ । बीमा समितिले आज एक सूचना जारी गर्दै असोज ३१ गते साँझ ५ बजेसम्म मात्रै आवेदन दिन पाउने उल्लेख रहेको छ ।

बीमा समितिले बीमा ऐन २०४९ को दफा ३१ बमोजिम २०७९ सालको बीमा अभिकर्ता तथा सर्भेयर इजाजतपत्र असोज ३१ गतेसम्म गरिसक्न आग्रह गरेको छ।बीमा समितिले तोकेको समयमा नविकरण नगराए सर्भेयरको लाइसेन्स स्वत खारेज हुनेछ । यदि उनीहरुको लाइसेन्स खारेज भएमा अवको पाँच वर्षसम्म अर्को इजाजतपत्र लिन नमिल्ने बीमा समितिले जनाएको छ ।

त्यस्तै, बीमा अभिर्ताको हकमा पनि यहि मंसिर ३१ गतेसम्ममा लाइसेन्स नविकरण नगरे खारेज हुन्छ । नियम अनुसार बीमा अभिकर्ता तथा सर्भेयरले चैत मसान्त भित्रमा नविकरण गरिसक्र्ने प्रावधान रहेको छ।

बीमा नियमावली २०४९ को दफा २२ अनुसार कुनै बीमा अभिकर्ताले चैत मसान्त भित्र आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा र सो कारण देखिएमा समितिले नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्मको लागि एक सय रुपैयाँ र त्यसपछिको चार महिना सम्मको लागि प्रति दिन पाँच रुपैंयाँ थप दस्तुर लिई बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण हुने व्यवस्था छ ।

यस हिसावले अभिकर्ताले नविकरण गर्नका लागि एक मुष्ठ रुपमा ९२५ रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ । यदि अभिकर्ताले चैत मसान्तसम्ममा नविकरण गरेको एक २०० रुपैयाँ भुक्तानी गरे पुग्थ्यो । बीमा समितिका अनुसार गत चैत मसान्तसम्ममा नविकरण गर्नु पर्ने अभिकर्ताको संख्या २ लाख ५० हजार रहेको छ । अभिकर्ताले सजिलै अनलाइन प्रणालीबाटै लाइसेन्स नविकरण गर्न सक्ने व्यवस्था छ । समितिका अनुसार एक लाख ७०÷८० हजारले मात्रै नविकरण गरेका छन् ।

सर्भेयरको वर्गिकरणका आधारमा नविकरण शुल्क निर्धारण गरिएको छ । बीमा नियमावली २०४९ अनुसार “क” वर्गको इजाजतपत्र भएका सर्भेयरले बाह्र हजार रुपैंयाँ, “ख” वर्गको इजाजतपत्र भएकाले नौ हजार रुपैयाँ, “ग” वर्गको इजाजतपत्र भएकाले सात हजार रुपैयाँ र “घ” वर्गको इजाजतपत्र भएकाले पाँच हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ ।

यदि सर्भेयरले चैत मसान्त भित्रमा इजाजतपत्र नविकरण नगरेमा जेठ मसान्त भित्रमा थप ५ सय रुपैयाँ तिरेर नविकरण गर्न सक्छन् । यसका लागि सर्भेयर स्वंयम बीमा समितिको कार्यालयमा गएर निवेदन दिनु पर्नेछ ।

म्याद सकिएको पहिलो २ महिनामा पनि नविकरण नगरेमा त्यस पछिको ४ महिनासम्मको लागि प्रति दिन ५० रुपैयाँको दरले थप दस्तुर भुक्तानी गरेर नविकरण गर्न सकिन्छ ।

गत वर्ष मात्रै लाइसेन्स लिएका सर्भेयरले अहिले आएर नविकरण गरेमा नविकरण शुल्क ५ हजार, पहिलो दुई महिनाको ५ सय रुपैयाँ र पछिल्ला चार महिनाको अधिकतम दिन १२५ दिनलाई आधार मान्दा ६ हजार २५० रुपैयाँ जरिवाना सहित ११ हजार ७५० रुपैयाँ तिर्नु पर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*