सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

२७ आश्विन २०७९, बिहीबार १०:१५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २८ गते बुकक्लोज गर्दैछ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले कार्तिक ४ गते अमृतभोग, कालिकास्थानमा विहान ११ बजे सभा बोलाएको हो। सभामा बैंकले शेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादैछ।सभाले पारित गरेपछि तिहारअघि नै शेयरधनीले १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६० रुपैयाँ लाभांश पाउनेछन्।

सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा बैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*